Monday 2 January 2012

FOUR TEAM SELECTED FOR THE SEMIFINAL

आश गुरुङ,
लमजुङ, पुस १८ गते ।
लमजुङमा भईरहेको २० औँ त्रिवेणी कप राष्ट्रब्यापी खुल्ला फूटवल प्रतियोगितावाट लमजुङ मर्स्याङदी युवा क्लव, त्रिवेणी मुग्लिन र बीवाईसी भोटेओडार सेमीफाईनलमा प्रवेश गरेको छ ।
सोमबार भएको खेलमा खसु रोधी युवा क्लवलाई ० का विरुद्ध १ गोलले हराउँदै लमजुङ मर्स्याङदी युवा क्लव सेमीफाइनलमा प्रवेश गरेको हो ।
दुवै टिमबीच आक्रमक तथा रोमाञ्चकारी खेल भईरहेपनि मध्यान्तरसम्म दुवै टिमवाट कुनै गोल हुन सकेन । दुवैले गोल गर्ने अवसर गुमाउँदै दोश्रो हापमा प्रवेश गरेपछिको केही समयको पेनाल्टीमा मर्स्याङ्दीले गोल गर्न सफल भएको हो । लमजुङ मर्स्याङ्दीका खेलाडीले प्रहार गरेको गोल डी बक्स भित्र खसुरोधीका खेलाडीको हातमा लागेपछि लमजुङ मर्स्याङ्दीले पेनाल्टीको मौका पाएको थियो ।
सोमबारै भएको अर्को खेलमा चितवन जिल्लाका दर्ुइ टीम आपसमा भिडेकोमा भरतपुर फुटवल क्लवलाई ० का विरुद्ध १ गोल गर्दै त्रिवेणी युवा क्लव मुग्लिन सेमिफाइनलमा प्रवेश गर्‍यो । अर्को खेलमा मुनलाइट युवाक्ल्व रानीकुवा गाउँशहरलाई ट्राइबेकरमा हराउदै बीवाईसी भोटेवडार सेमीफइनलमा प्रवेश गरेको हो । यस अघि आयोजक त्रिवेणी रातो सेमी फाइनलमा प्रवेश गरिसकेको छ ।
प्रतियोगिता अर्न्तर्गत मंगलबार आयोजक त्रिवेणी रातो र त्रिवेणी युवा क्लव मुग्लिन तथा वीवाइसी भोटेओडार र लमजुङ मर्स्याङदी युवा क्लव फाइनलमा प्रवेशका लागि भिड्ने आयोजकले जनाएक ो छ ।

No comments:

Post a Comment