Sunday 19 August 2012

Thursday 12 January 2012

Ghale gaun & Bhujung

Most beautiful village of nepal(Ghale Gaun & Bhujun).click on the pic to watch video........

Tuesday 3 January 2012

कपाल बाट बिजुली निकाले विद्यार्थीले


TRIVEN MUGLIN & BYC BHOTEWADAR REACHED IN FINAL

आश गुरुङ,

लमजुङ, पुस १९ गते ।

चितवनको त्रिवेणी युवा क्लब मुग्लिन र लमजुङको बीवाईसी भोटेओडार, लमजुङमा जारी त्रिवेणी कप राष्ट्रब्यापी फूटवल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

सदरमुकाम वेसीशहरको सहजी रंगशालामा आयोजना गरिएको फूटवल प्रतियोगिताको फाईनल खेल भोलि हुने छ ।

आज भएको खेलमा आयोजक त्रिवेणी रातोलाई ० का विरुद्ध २ गोल गरि त्रिवेणी मुग्लिनले फाईनलको यात्रा तय गरेको हो । खेलको ५ मिनेटमा त्रिवेणी मुग्लिनको तर्फाट जर्सर्ीीम्बर १८ का राजुकिशोर प्रजापतिले गोल खाता खोले । त्यसपछि घरेलु दर्शकको उत्साहमा आक्रमक खेल खेलेको आयोजक त्रिवेणी रातोले गोललाई पोष्टमा धेरैपटक प्रहार गरेपनि मुग्लिनका गोल किपरले रोकेपछि कुनै गोल हुन सकेन । निर्धारित समयपछि ४ मिनेट थप समयमा आयोजक त्रिवेणी रातोले कुनै पनि गोल गर्न सकेन । थप समयको सदुपयोग गर्दै २ मिनेट समय बाँकी रहँदा त्रिवेणी मुग्लिनका तर्फाट जर्सर्ीी५ का राजु मण्डलले अपत्यारिलो तरिकाले गोललाई जाली चुमाए ।

यसैगरि, लमजुङ मर्स्याङ्दी युवा क्लवलाई १ का विरुद्ध ३ गोल गरि बीवाईसी भोटेओडार फाईनलमा प्रवेश गरेको छ । मध्यान्तरसम्म कुनैपनि टिमले गोल गर्न नसकेपछि एकाएक मैदानमा चम्केका बीवाईसीका तर्फाट दोश्रो हाफको ४ मिनेटमा जर्सर्ीीम्बर २ का सानु गुरुङले गोल गरे । त्यसलगत्तै लमजुङ मर्स्याङ्दीका तर्फाट जर्सर्ीीम्बर १९ का राजन विष्टले गोलपैँचो तिरे । खेलको उत्तर्रार्धका समय ५६ मिनेटमा बीवाईसी भोटेओडारका खेलाडी २२ नम्बर जर्सर्ीी बुद्ध गुरुङ र लगत्तै जर्सर्ीीम्बर ७ का लिला गुरुङले ५८ मिनेटमा गरेको गोलले बीवाईसीलाई फाईनलमा प्रवेश गरायो ।

यसैगरि त्रिवेणी मुग्लिनसंग पराजय भोग्नुपरेको आयोजक त्रिवेणी रातो र बीवाईसी भोटेओडारसंग पराजित लमजुङ मर्स्याङ्दीबीच तृतीय उपाधिका लागि भोलि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

Monday 2 January 2012

FOUR TEAM SELECTED FOR THE SEMIFINAL

आश गुरुङ,
लमजुङ, पुस १८ गते ।
लमजुङमा भईरहेको २० औँ त्रिवेणी कप राष्ट्रब्यापी खुल्ला फूटवल प्रतियोगितावाट लमजुङ मर्स्याङदी युवा क्लव, त्रिवेणी मुग्लिन र बीवाईसी भोटेओडार सेमीफाईनलमा प्रवेश गरेको छ ।
सोमबार भएको खेलमा खसु रोधी युवा क्लवलाई ० का विरुद्ध १ गोलले हराउँदै लमजुङ मर्स्याङदी युवा क्लव सेमीफाइनलमा प्रवेश गरेको हो ।
दुवै टिमबीच आक्रमक तथा रोमाञ्चकारी खेल भईरहेपनि मध्यान्तरसम्म दुवै टिमवाट कुनै गोल हुन सकेन । दुवैले गोल गर्ने अवसर गुमाउँदै दोश्रो हापमा प्रवेश गरेपछिको केही समयको पेनाल्टीमा मर्स्याङ्दीले गोल गर्न सफल भएको हो । लमजुङ मर्स्याङ्दीका खेलाडीले प्रहार गरेको गोल डी बक्स भित्र खसुरोधीका खेलाडीको हातमा लागेपछि लमजुङ मर्स्याङ्दीले पेनाल्टीको मौका पाएको थियो ।
सोमबारै भएको अर्को खेलमा चितवन जिल्लाका दर्ुइ टीम आपसमा भिडेकोमा भरतपुर फुटवल क्लवलाई ० का विरुद्ध १ गोल गर्दै त्रिवेणी युवा क्लव मुग्लिन सेमिफाइनलमा प्रवेश गर्‍यो । अर्को खेलमा मुनलाइट युवाक्ल्व रानीकुवा गाउँशहरलाई ट्राइबेकरमा हराउदै बीवाईसी भोटेवडार सेमीफइनलमा प्रवेश गरेको हो । यस अघि आयोजक त्रिवेणी रातो सेमी फाइनलमा प्रवेश गरिसकेको छ ।
प्रतियोगिता अर्न्तर्गत मंगलबार आयोजक त्रिवेणी रातो र त्रिवेणी युवा क्लव मुग्लिन तथा वीवाइसी भोटेओडार र लमजुङ मर्स्याङदी युवा क्लव फाइनलमा प्रवेशका लागि भिड्ने आयोजकले जनाएक ो छ ।